विनोद चौधरीलाई तत्काल बोलाउलान् त नयाँ सिआइबी प्रमुखले ?
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा निजी कम्पनीको नाममा राखेको सम्बन्धमा सांसद तथा व्यापारी विनोद चौधरीसँग बयान लिन आज बिहान निर्देशन दिनुभएको छ ।
उहाँले उक्त जग्गा सरकारको मातहत ल्याउने प्रक्रिया थाल्न र जग्गाको स्वामित्वसँग जोडिएका विवादास्पद व्यापारी विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई आज बिहानै निर्देशन दिएको बुझिएको छ ।
त्यसैगरी सुन तस्करीसम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ । गृह मन्त्रालयमा गृहसचिव एकनारायण अर्याल,प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई संयुक्त रुपमा निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ ।
टिप्पणीहरू