गृहमन्त्रीले लिएको ऋण चुक्ता भइसकेको प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

गृहमन्त्रीले लिएको ऋण चुक्ता भइसकेको प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कुनै पनि खालको सम्झौता नगर्ने बताउनुभएको छ । प्रतिनिधिसभाका सदस्यहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पार्नुभएको छ ।

‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन,’ प्रतिनिधिसभामा बोल्दै उहाँले बताउनुभएको छ ।

सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेपछि ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभएको छ । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा भन्नुभयो, ‘हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।’

सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फछ्र्यौेट भएको देखिन आएकाले सो सम्बन्धमा अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीबाट ‘ब्रिफिङ्ग’ भएको सदनलाई जानकारी गराउनुभयो ।
 

टिप्पणीहरू