रवि लामिछानेमाथि छानबिन गर्न आवश्यक छैन - केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग अस्वीकार गर्नुभएको छ ।
सहकारी ठगी काण्डमा नाम जोडिएका लामिछानेमाथि संसदीय समिति बनाएर अनुसन्धान गर्नुपर्ने काँग्रेसको माग उहाँले असम्भव भन्नुभयो । आजको संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले गृहमन्त्रीमाथि अनावश्यक प्रश्न उठाएर सरकार छोड्नुपरेको पीडा व्यक्त गरेको बताउनुभयो ।
‘अहिले उहाँहरु सरकारबाट बाहिर हुनुहुन्छ । सरकार भन्दा बाहिर हुने बित्तिकै नेपाली काँग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नुहुँदैन', उहाँले भन्नुभयो, 'हामी नेपाली काँग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका माग्दछौँ । संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने ? सम्भव नै छैन ।’
टिप्पणीहरू