उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रीसँग चिनियाँ राजदूतको भेट

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रीसँग चिनियाँ राजदूतको भेट

उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा दुई मुलुकबीचको पारस्परिक सहयोगबारे विभिन्न पक्षबाट छलफल भएको जनाइएको छ ।

राजदूत सोङले आजै अर्थमन्त्री वर्षमान पुनसँग पनि भेट गर्नुभएको थियो ।

टिप्पणीहरू