बाबुराम भट्टराईलाई सर्वोच्च जान बाटो खुल्ला
नेपाल समाजवादी पार्टी (नेसपा) सिद्धान्ततः विभाजित भएको छ । अध्यक्ष महिन्द्रराय यादव पक्षले हिजो बोलाएको आकस्मिक बैठकबाट अर्का अध्यक्ष डा. बाबुराम भट्टराई समूहमाथि कारबाहीको सूचना जारी गरेपछि पार्टी लगभग दुई भागमा अलग भएको छ ।
अस्ति डा.भट्टराई पक्षले बोलाएको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँगको एकतामा सहमति गर्ने यादव पक्षलाई पार्टीबाट पदमुक्त गर्ने निर्णय गरिसकेको छ । एकताको पक्षमा उभिएका अध्यक्ष महिन्द्रराय यादव,सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ, महासचिव रमेशकुमार यादव लगायतका नेताहरुलाई निश्कासनको कारवाही गरिएको थियो ।
त्यसको बदलामा महिन्द्र पक्षले हिजो केन्द्रीय समितिको बैठक बोलाएर बाबुरामको निर्णय अस्वीकार गर्दै कारवाही अमान्य घोषणा गरेको छ । साथै बैठकले माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा भएको तीन बुँदे निर्णय अनुमोदन गर्दै सातै प्रदेशमा नयाँ इञ्चार्ज र अध्यक्षसमेत चयन गरेको छ । उक्त पक्षले शनिबार माओवादीसँग एकताका लागि चार बुँदे सहमति गरेको थियो ।
दुर्ब पक्षले एक अर्कालाई कार्बाही गरेपछि पार्टी औपचारिक रुपमा विभाजित भएको हो । अब पार्टीको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोग हुँदै सर्वोच्चसम्म पुग्ने निश्चित झैँ देखिन्छ ।
पार्टी अध्यक्ष भट्टराईले कानुनी उपचारका लागि परामर्श थाल्नुभएको हो । आफू पक्षका सांसदको पद धरापमा परे पनि कानुनी लडाईंका लागि भट्टराई अघि सर्नुभएको स्रोतले बताएको छ ।
टिप्पणीहरू