नेपाल वायुसेवा र एअर इण्डियाबीच नयाँ दिल्लीमा छलफल

नेपाल वायुसेवा र एअर इण्डियाबीच नयाँ दिल्लीमा छलफल
सुन्नुहोस्

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एयर इण्डियाका प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापन निर्देशकसँग आपसी सहकार्यका विषयमा छलफल गरेका छन् । नयाँ दिल्लीस्थित एयर इण्डियाको मुख्यालयमा भएको छलफलमा तालिम, प्राविधिक तथा बजार व्यवस्थापन, ग्राउण्ड ह्याण्डलिङलगायत विविध विषयमा थप सहकार्य, आपसी सहयोग अभिवृद्धिबारे विचार विमर्श गरिएको बताइएको छ ।

कार्यकारी अध्यक्ष अधिकारी नेतृत्वको टोलीले एयर इण्डियाका सीईओ क्याम्पवेल विल्सनसँग त्यसबारे विस्तृत रुपमा हिजो छलफल गरेको हो । निगमले भनेको छ, ‘यसबाट दुबै एयरलाइन्सबीच प्राविधिक तथा बजार व्यवस्थापन एवम् भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोगमा अभिवृद्धि  हुने विश्वास गरिएको छ ।’

टिप्पणीहरू