एमालेद्वारा रोल्पामा मगरलाई प्रोत्साहन

एमालेद्वारा रोल्पामा मगरलाई प्रोत्साहन
सुन्नुहोस्

एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर निर्वाचित हुनुभएको छ । घनश्याम आचार्यलाई ८३ मतान्तरले पराजित गर्दै बुढामगर छानिएका छन् । 

बुढामगरले १९५ मत प्राप्त गर्दा आचार्यलाई ११२ मत प्राप्त भएको थियो । उपाध्यक्षमा विजयकुमार घर्तीमगर निर्विरोध निर्वाचित हुँदा सचिव पदमा नेपबहादुर थापाले १८२ मत ल्याएको र प्रतिस्पर्धी ठाकुर वलीको पक्षमा ११२ मत आएको थियो । खुला उपसचिवमा बमबहादुर पुनमगरले १७२ मत प्राप्त गर्दा प्रेमराज बुढामगरले ८० मत प्राप्त गर्नुका साथै महिला उपसचिवमा रमित डाँगीले २०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी कृष्णी गौतमले ६१ मत र तारा सेनले २५ मत प्राप्त गरेको बताइन्छ ।

दश स्थानीय तह रहेको रोल्पाका ५ पदाधिकारी पाँचै तहबाट निर्वाचित भएका छन् । जसअनुसार अध्यक्ष अमृत बुढामगर (त्रिवेणी गाउँपालिका), उपाध्यक्ष विजय घर्तीमगर (माडी गाउँपालिका), सचिव नेपबहादुर थापा (रुन्टीगढी गाउँपालिका), खुला सचिव बमबहादुर पुनमगर (सुनिलस्मृति गाउँपालिका) र महिला सचिव रमित डाँगी (गंगादेव गाउँपालिका) का हुन् ।

त्रिवेणी, माडी, रुन्टीगढी र गंगादेव  एमालेको सांगठनिक पकड राम्रो रहेको ठाउँ हुन् । ५ जना खुला सदस्यका लागि ७ जनाले प्रतिस्पर्धा गरेमध्ये सन्तोष बाँठामगर २०२ मत, कमानसिंह पुनमगर १८० मत, धनबहादुर बस्नेत १९९ मत, रामचन्द्र बुढामगर १५४ मत र परवीर नेपाली १५७ मत ल्याउन सफल भएका छन् । खुला सदस्यमा प्रतिस्पर्धा गरेका दीपेन्द्र बाँठामगरलाई १४१ र भानबहादुर घर्तीमगरलाई ९६ मतसहित सफलता हात लाग्दा महिला खुलामा दीपा बुढामगर र सम्झना तिरुवा निर्वाचित भएको बुझिएको छ । जिल्लाका दश वटै स्थानीय तहको भूगोलबाट प्रतिनिधित्व गर्ने सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू