राष्ट्रिय सभाको बैठक पछाडि धकेलियो
राष्ट्रिय सभाको भोलिका लागि तय गरिएको बैठक सारिएको छ । भोलि दिउँसो सवा १ बजे राखिएको बैठक पर्सिका लागि सारिएको जानकारी दिइएको छ । विशेष कारण जनाउँदै निर्धारित बैठक शुक्रबार दिउँसो सवा १ बजेका लागि सारिएको राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
भनिएको छ, ‘मिति २०८० साल चैत १५ गते बिहीबार अपरान्ह १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणबश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल चैत १६ गते शुक्रबार अपरान्ह १ः१५ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
राष्ट्रिय सभाको पछिल्लो बैठक चैत ७ गते बसेको थियो ।
टिप्पणीहरू