राष्ट्रिय सभाका उपाध्यक्षद्वारा राजीनामा

राष्ट्रिय सभाका उपाध्यक्षद्वारा राजीनामा

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ । उहाँले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुझाउनु भएको छ ।

संविधानको धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१) बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।  

उहाँ राष्ट्रिय सभाको उपाध्यक्षमा २०७९ माघ २३ गते निर्विरोध निर्वाचित हुनुभएको थियो । अर्याल २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

टिप्पणीहरू