प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयको पत्र पढिँदै

प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयको पत्र पढिँदै

प्रतिनिधि सभाको बैठक आज डाकिएको छ । बिहान ११ बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु हुने कार्यसूची छ । 

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाइने छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ । 

आजैको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्नुहुने र भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पनि आजैको बैठकमा प्रस्तुत गर्नुहुने छ ।

टिप्पणीहरू