प्रस्तावित महालेखापरीक्षकको संसदीय सुनुवाइ प्रक्रिया शुरु
प्रस्तावित महालेखापरीक्षक तोयम रायको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।
समितिको आज बसेको बैठकले रायसँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरिएको छ ।
संवैधानिक परिषद्को हिजो बिहान बसेको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव रायलाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
टिप्पणीहरू