फिलिपिन्स पुगेका विनोद चौधरीद्वारा श्रीमतीलाई उतै निम्तो

फिलिपिन्स पुगेका विनोद चौधरीद्वारा  श्रीमतीलाई उतै निम्तो

विवादास्पद व्यापारी तथा काँग्रेस सभासद विनोद चौधरीकी श्रीमती सारिका मलेसिया हुँदै फिलिपिन्स पुगेकी छन् । उनी हिजो मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा क्वालालम्पुर हुँदै मनिला गएकी हुन् ।

विनोद अघिल्लो बिहिबार श्रीलंकाको राजधानी कोलम्बो उडेका थिए । बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएपछि सोही दिन दिउँसो श्रीलंकन एअरलाइन्सको उडानमा त्यता गएका उनी उतै उतै मनिला पुगेपछि हिजो श्रीमतीलाई उतै बोलाएको पारिवारिक श्रोतले बतायो ।

काठमाडौंको बाँसबारीस्थित तत्कालीन छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा ब्युरोले उनीसँग बयान लिएको हो । त्यसअघि माघ १८ गते उनका कान्छो भाइलगायत तीन जनालाई ब्युरोले नियन्त्रणमा लिएर बयान लिएपछि उनी सोही दिन नयाँ दिल्लीतिर हान्निएका थिए ।

टिप्पणीहरू