बालुवाटार जानुअघि हर्क साम्पाङको एकल प्रदर्शन
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान उहाँको सरकारी निवास बालुवाटारमा भेट गरेका छन् ।
भेटवार्तामा धरानको निम्ति खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल्ड साइट र उद्योगलगायत विषयमा छलफल भएको मेयर साम्पाङले जानकारी दिएका छन् ।
मेयर साम्पाङले प्रधानमन्त्रीलाई भेट्न जानुअघि सडकमा एक्लै उभिएर प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका थिए । उनले ०८४ को निर्वाचनअघि प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गर्दै प्लेकार्डसमेत प्रर्दशन गरेका थिए ।
मेयर साम्पाङ केही दिनदेखि काठमाडौँमा छन् । उनले अस्ति उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनसँग भेटेका थिए भने हिजो खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटेका थिए ।
टिप्पणीहरू