टिचिङ्ग हस्पिटलमा एसी पड्कियो

टिचिङ्ग हस्पिटलमा एसी पड्कियो

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एसी पड्किएको छ । 

प्रहरीका अनुसार आज बिहान अस्पतालको कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी) को तार पड्किएको हो । एसी पड्किंदा ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले घटनामा कुनै मानवीय तथा भौतिक क्षति नभएको जानकारी दिए ।

टिप्पणीहरू