ठमेलले आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्ने गृहमन्त्रीको ठहर

ठमेलले आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्ने गृहमन्त्रीको ठहर

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गमा रात्रिकालिन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्नेगरी गर्न लागेको दाबी गरेका छन् । 

रात्रिकालिन व्यवसाय सञ्चालनबारे सरोकारवाला निकायहरुसँगको छलफलमा उनले त्यस्तो भनाई राखेका हुन् । त्यसक्रममा लामिछानेले रात्रिकालिन व्यवसाय सन्चालन गर्दा स्थानीय र व्यवसायीहरुको समस्या समाधानमा सरकारले जोड दिने प्रतिवद्धता पनि जनाए । 

'ठमेलको हकमा दुई वटा कुरा छन् । आमाको निन्द्रा र छोराको सपना । सरकारको प्रयास ठमेलमा रात्रिकालिन व्यवसाय आमाको निन्द्रा पनि जोगाउन र छोराको सपना पनि पूरा गर्ने हो',उनले भने, 'व्यवसाय जोगाउनको लागि सरकारले यो कदम चालेको हो । शहरमा राति पेट्रोल हाल्ने ठाउँ थिएन । काठमाडौं शहर त्यस्तो मृत्यु शहर हो । जहाँ रातको समयमा पेट्रोल पनि हाल्न पाइँदैन । म आएपछि प्रहरीका पेट्रोल पम्प खुला गरेका छौं ।’

गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई बेवास्ता गरेर अगाडि बढ्ने पक्षमा आफू नरहेको स्पष्ट पारे । स्थानीय र घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्रै रात्रीकालिन व्यवसाय चलाउन दिने उनको भनाई छ । 

'म लोकतन्त्रमा विश्वास गर्ने मान्छे हो । रात्रिकालिन व्यवसाय सञ्चालन गर्नुहुन्न भन्ने कम आवाज भएका साथीहरुको कुरा सुन्नुपर्छ भन्ने लाग्छ । उहाँहरुका समस्या समाधान नगरी धेरै मानिसहरुले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने कुरामा स्पष्ट छु'. गृहमन्त्री लामिछानेले अगाडि भने, 'उहाँहरुले खोल्न दिँदैनौं भन्नुभएको छैन । दिन्छौं तर स्थानीय र घरधनीको अधिकार सुरक्षित बनोस् । त्यहाँ भएको आफ्नै किसिमको जीवन शैली छ । त्यसलाई पनि मध्यनजर राखियोस् भन्नेकुरा भनेको बुझेको छु । यी सबै कुराहरुलाई मध्येनजर राखेर मात्रै अगाडि बढीने सुनिश्चिता दिलाउन चाहन्छु ।' 

ठमेललगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनामा गृह मन्त्रालयले 'एक्सन प्लान' बनाइरहेको जानकारी दिएका लामिछानेले प्रहरी प्रशासनलाई आजै त्यस्ता मान्छेको नाम लिस्ट दिने बताए ।

टिप्पणीहरू