चुनावको मुखैमा इलाम एमालेभित्र कारबाही
एमाले भ्रातृ संस्था राष्ट्रिय युवा संघको इलाम जिल्ला कमिटीले दुई जना सदस्यलाई कारबाही गरेको छ । चैत १७ गते बसेको इलाम जिल्ला कमिटीको बैठकले सचिवालय सदस्य तथा देउमाई इञ्चार्ज गोकुलबहादुर राईलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाहीको निर्णय गरेको हो ।
सोही बैठकले देउमाईका मनोज लिम्बू, सूर्योदयबाट रञ्जित प्रधान र चन्द्रहाङ फागोलाई संघको जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।
संघले इलाम २ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन अध्यक्ष मोहन दोर्जे कागतेलाई पूरै निर्वाचन क्षेत्र हेर्ने जिम्मेवारी दिएको छ । त्यस्तै शरण फागो र उदयहाङ फागोलाई पनि पूरै निर्वाचन क्षेत्र हेर्न भनिएको छ ।
टिप्पणीहरू