लुम्बिनीका ध्यानीहरुलाई प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी पुगेर ध्यानीहरुलाई सम्बोधन गर्नुभएको छ ।
उहाँ लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा आयोजित जीवन विज्ञान प्रतिष्ठानको ध्यान कार्यक्रमलाई सम्बोधन गर्न दिउँसो काठमाडौंबाट सेनाको हेलिकोप्टरमा त्यता जानुभएको थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, भूतपूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री जोखबहादुर महरा,गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा काँग्रेस नेता सुरेन्द्र पाण्डे,एमाले महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेल, पूर्वमुख्यसचिव लीलामणि पौडेल, गायिका आनिछोइङ डोल्मालगायतको उपस्थिति छ ।
केन्द्रमा पछिल्लो सात दिनदेखि पाँच हजार तीन सय जनाको सहभागितामा विराटचक्र ध्यान साधना भइरहेको छ ।
टिप्पणीहरू