राजमार्गमा ट्रक दुर्घटना, चालकको अवस्था गम्भीर

राजमार्गमा ट्रक दुर्घटना, चालकको अवस्था गम्भीर

चितवनको इच्छाकामना गाउँपालिकास्थित पाँचकिलोमा ट्रक दुर्घटनामा परेको छ । ढुंगा बोकेको ग.२ ख ८९७ नम्बरको ट्रक मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा कल्भर्टमा घोप्टो परेको प्रहरीले जनाएको छ ।

चालक र सहचालक दुबैलाई उद्धार गरेर उपचारार्थ भरतपुर पठाइएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका १५, चोरमाराका ३५ वर्षे चालक हरिनारायण महतोको अवस्था गम्भीर रहेको बताइन्छ । 

सोही स्थानका २६ वर्षे सहचालक टेकनारायण थापाको कोखामा घाउ लागेको छ ।

टिप्पणीहरू