बाहिरबाट आएर क्रान्तिकारीमाथि हमला

बाहिरबाट आएर क्रान्तिकारीमाथि हमला

लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा भएको झडपमा संलग्न एमाले अखिलका गणेश शाही उक्त क्याम्पसको विद्यार्थी नरहेको पाइएको छ । गत आइतबार क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच झडप भएको थियो ।

एमाले अखिलका नेता शाहीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा उक्त तथ्य फेला परेको क्रान्तिकारीले जानकारी दिएको छ । अनेरास्ववियुले शाहीलाई प्रहरी हिरासतबाट मुक्त गर्नुपर्ने,अमृत क्याम्पसमा फिजिक्स,स्ट्याट र म्याथ विषयको पढाइ शुरु हुनुपर्ने माग राख्दै आएको बताइन्छ ।

अनेरास्ववियु अमृत साइन्स क्याम्पस इकाई कमिटी अध्यक्ष पंकज पाण्डेलगायतले क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरिदिएका छन् ।

प्रहरीको अनुसन्धानबाट शाहीले अमृत क्याम्पसमा अध्ययन गरेको भनिए पनि हालसम्म भर्ना नभएको खुलेको छ । अनेरास्ववियुले निजलाई भर्ना गर्नुपर्ने माग क्याम्पस प्रशासनसमक्ष राखेको छ ।
 

टिप्पणीहरू