गणतन्त्र मुर्दावाद भन्दै निकालिएको राप्रपाको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

गणतन्त्र मुर्दावाद भन्दै निकालिएको राप्रपाको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

राप्रपाले राजधानीमा मसाल जुलुस निकालेको छ । साँझ सवा ६ बजेको समयमा कागेश्वर मनोहरा नगरपालिका ५, थली चोकमा मसाल जुलुस निकालिएको छ ।

हिन्दुराष्ट्र कायम गर, राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद, विदेशी दलाल होशियार भन्दै निकालिएको मसाल जुलुसमा प्रहरी हस्तक्षेप भएको राप्रपाले आरोप लगाएको छ ।

केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलको नेतृत्वमा, राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा, कागेश्वरी मनोहरा नगरअध्यक्ष मणि सिम्खडालगायतको सहभागितामा मसाल जुलुस निकालिएको जानकारी दिइएको छ । पर्सि मंगलबार भृकुटीमण्डपमा निकाल्न लागिएको बृहत जनप्रदर्शनमा सहभागी हुन र ‘अवस्था बदल्नको लागि व्यवस्था बदल्ने’ नाराको साथ मसाल जुलुस निकालिएको हो ।
 

टिप्पणीहरू