पूजा शर्माको शल्यक्रिया सफल, पल शाहले भने- आफ्नो ख्याल राख्नू
अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा शल्यक्रिया सफल भएको उनले जानकारी दिएकी हुन् ।
समाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी पूजाले डाक्टरको सल्लाहअनुसार अझै केही दिन बेडरेस्टमा रहने पनि बताएकी छन् ।
'डाक्टरको अथक प्रयासपछि शल्यक्रिया सफल भएको छ, उहाँहरुलाई धन्यवाद', उनले भनेकी छन्, 'मेरो स्वास्थ्य सुधार हुँदै आइरहेको छ । मेरो स्वास्थ्य लाभको कामना गर्ने शुभचिन्तकहरुलाई पनि धन्यवाद ।'
पूजाको विरामी अवस्थाबारे थाहा पाएपछि अभिनेता पल शाहले कमेन्टमै स्वास्थ लाभको कामना गरेका छन् । उनले भनेका छन्, 'चाँडै निको होस् भन्ने प्राथना गर्छु, आफ्नो ख्याल राख्नू ।'
चलचित्रकर्मीमाझ 'रोएरै फिल्म चलाउने' अभिनेत्री तथा निर्माताको परिचय बनाइएकी पूजा चर्चा र विवादमा आइरहने कलाकार हुन् । हालैमात्र उनको चलचित्र 'उपहार' प्रदर्शनमा आएको थियो भने आगामी जेठमा 'दान्भी' रिलिज हुँदैछ ।
टिप्पणीहरू