आँधीखोलामा बालक डुबे

आँधीखोलामा बालक डुबे

स्याङ्जाको आँधीखोलामा डुबेर एक बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा गल्याङ नगरपालिका–२, गराङ्दीका १४ वर्षीय युनिक रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आज बिहान साथीहरुसँगै पौडी खेल्न गएका राना खोलामा डुबेर बेपत्ता भएका थिए । उद्धार गरेर गल्याङ नगर अस्पताल लगिएको पनि उनलाई मृत घोषणा गरिएको प्रहरी निरीक्षक पावलसिंह लामाले बताए ।
 

टिप्पणीहरू