कोलम्बो गएका विनोद चौधरी मनिलाबाट बैंकक हुँदै काठमाडौं
विवादास्पद व्यापारी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी बैंककबाट काठमाडौं आइपुगेका छन् । उनी थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा दिउँसो पौने २ बजे स्वदेश फर्केका हुन् ।
उनी यसअघि चैत ८ गते श्रीलंकाको राजधानी कोलम्बो उडेका थिए । बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएपछि सोही दिन दिउँसो श्रीलंकन एअरलाइन्सको उडानमा त्यता गएका उनी उतै उतै मनिला पुगेपछि अघिल्लो सोमबार श्रीमती सारिका चौधरीलाई उतै बोलाएका थिए ।सारिका मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा क्वालालम्पुर हुँदै मनिला गएकी थिइन् ।
काठमाडौंको बाँसबारीस्थित तत्कालीन छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा ब्युरोले उनीसँग चैत ८ गते बिहान बयान लिएको थियो । त्यसअघि माघ १८ गते कान्छो भाइलगायत तीन जनालाई ब्युरोले नियन्त्रणमा लिएर बयान लिएपछि उनी सोही दिन नयाँ दिल्लीतिर हान्निएका थिए ।
टिप्पणीहरू