एमाले अध्यक्ष सेनाको हेलिकोप्टरमा सुदूरपूर्व प्रस्थान
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ जानुभएको छ । उहाँ नेपाली सेनाको एनए ०५७ कल साइन भएको हेलिकोप्टरमा झण्डै आधा दर्जन सदस्य रहेको टोलीसहित काठमाडौंबाट ताप्लेजुङको उत्तरी सीमा क्षेत्र अवलोकनमा जानुभएको बताइएको छ ।
उहाँसँगै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, एमाले सचिव योगेश भट्टराईलगायत पनि ताप्लेजुङ गएका हुन् ।
टोली चिनियाँ सीमामा रहेका तिपताला र ओलाङचुङगोला नाकाको अवलोकनका साथै सदरमुकाम फुङलिङ पनि जाने कार्यक्रम रहेको बुझिएको छ । त्यसअघि उहाँहरु संखुवासभा पुग्ने कार्यक्रम छ ।
टिप्पणीहरू