संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, केपी ओलीद्वारा कांग्रेसलाई दोष

सुन्नुहोस्

संघीय संसद्को चालू अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ । 

आज बसेको क्याविनेट बैठकले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संसद्को कामकारवाही प्रभावकारी हुन नसकेको गुनासो बढिरहँदा माघ २२ गतेदेखि शुरु भएको अधिवेशनले जम्मा तीनवटा विधेयक पारित गरेको छ ।

यसैबीच सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कारण संसद अधिवेशन अन्त्य गर्नुपरेको आरोप लगाउनुभएको छ । आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उहाँले काँग्रेसले संसद संचालनमा अवरोध गरेका कारण अधिवेशन अन्त्य गर्नुपरेको प्रतिक्रिया दिनुभएको हो । 

उहाँले संसद अधिवेशन अन्त्य र शुरु हुने क्रम जारी रहने पनि बताउनुभयो ।
 

टिप्पणीहरू