एकीकृत समाजवादीमाथि अवसरवादी चरित्र देखाएको आरोप

सुन्नुहोस्

सुदूरपश्चिम प्रदेशमा कांग्रेसहितको समीकरणमा जाने एकीकृत समाजवादीको कदमको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा आलोचना गर्नुभएको छ । 

कांग्रेसको पछि लागेर दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको भन्दै उहाँ सो पार्टीप्रति आक्रोशित हुनुभएको हो । आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेर जनतामा निराशा थप्ने काम गरेको आरोप लगाउनुभयो । 

‘हिजो मात्रै एस भन्ने पार्टी छ । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नाउपालाई मुख्यमन्त्री दिन नसक्ने । तर, कांग्रेससँग नजिक भएर जाँदा नाउपालाई दिनसक्ने भनेर अराजनीतिक निर्णय लियो’, उहाँले भन्नुभयो ।

एकीकृत समाजवादीको उक्त निर्णयले 'सही दिशामा फर्कँदै गरेको राजनीति'लाई अप्ठेरोमा पारेको ओलीको भनाई छ ।

‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो । कम्युनिस्ट बोर्ड राख्ने काम चाही विदेशीको हितमा काम गर्ने गरेको देखियो’, उहाँले दावीका साथ भन्नुभयो, ‘तर यसले केही फरक पार्नेवाला छैन ।’

टिप्पणीहरू