राष्ट्रपतिद्वारा गृह जिल्लामा उद्घाटन र सम्बोधन
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नुभएको छ । आजै उहाँले तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।
विश्व सम्पदा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत भएको बताउनुभएको छ ।
सो अवसरमा चुँदी–रम्घामा भानु साहित्य उद्यानको बृहत् योजना प्रारम्भ गरिएको तथा दमौलीमा वेदव्यासको १०८ फिट अग्लो विशिष्ट शैलीको मूर्ति निर्माण भइरहेको, बन्दीपुर र तनहुँसुरमा शहीद पार्कको निर्माण भइरहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू