गृहमन्त्रीको अध्यक्षतामा बैठक, दुई दर्जन सरकारी अधिकारीहरु सहभागी

गृहमन्त्रीको अध्यक्षतामा बैठक, दुई दर्जन सरकारी अधिकारीहरु सहभागी
सुन्नुहोस्

सिंहदरबारस्थित गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेको छ ।

दिउँसो डेढ बजेको समयमा  राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभा हलमा आयोजित बैठक उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको छ । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औं बैठकमा गृह सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव सेवा लम्साल, प्राधिकरणका कार्यकारी निर्देशक अनिल  पाेखरेल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकलगायत झण्डै दुई दर्जनको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू