प्रतिनिधि परिषदबारे जानकारी दिन पत्रकार सम्मेलन

प्रतिनिधि परिषदबारे जानकारी दिन पत्रकार सम्मेलन

नेकपा एमालेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा आज दिँउसो ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको हो । 

भोलिबाट शुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकबारे जानकारी दिन सम्मेलनको आयोजना गरिएको सो पार्टीको प्रचार विभागले जनाएको छ । प्रतिनिधि परिषद्को बैठक भोलि र पर्सि ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ । 

 बैठकमा दशौं महाधिवेशनका प्रतिनिधि, केन्द्रीय सदस्यलगायत गरेर झण्डै दुई हजार पाँच सय जना सहभागी हुनेछन् । 

एमालेले उक्त बैठकमा विभिन्न दलका शीर्ष नेतालाई अतिथिका रुपमा बोलाएको छ ।

टिप्पणीहरू