४-४ सयको टोलीले एमाले अध्यक्षलाई सुझाव दिने

४-४ सयको टोलीले एमाले अध्यक्षलाई सुझाव दिने

नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि समूहगत छलफल गर्न लागिएको छ । ललितपुरपुरको गोदावरीमा हिजो शुरु बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनउपर समूहगत छलफल हुने कार्यक्रम छ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीकोतर्फबाट राजनीतिक,महासचिव शंकर पोखरेलकोतर्फबाट सांगठनिक र विभिन्न केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफलको कार्यसूची तय गरिएको छ ।

केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखा आयोग,केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ । दुई हजार ४५४ जना प्रतिनिधिलाई चार समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गर्न लागिएको छ ।

टिप्पणीहरू