बिराटनगर हुँदै काठमाडौं आएको भारतीय एसएसबी टोली उतै फर्क्यो

बिराटनगर हुँदै काठमाडौं आएको भारतीय एसएसबी टोली उतै फर्क्यो

सीमा सुरक्षासम्बन्धी बैठकमा भाग लिन भारतीय सीमा सुरक्षा बल एसएसबीका डिआइजी राजेश टिकुको नेतृत्वमा हिजो आएको पाँच सदस्यीय टोलीमध्ये आज तीन जना फर्केको छ । टोली हिजो दिउँसो बिराटनगर हुँदै काठमाडौं आइपुगेको थियो । 

विभिन्न प्रदेशमा जारी चुनावको तनाववीच भारतीय सीमा सुरक्षा बलको काठमाडौं आएको हो । सौर्य एअरलाइन्सको उडानमा हिजो दिउँसो साढे २ बजे काठमाडौं आइपुगेको टोलीले साँझ पशुपतिनाथ मन्दिरको दर्शन गर्दै आरती अवलोकन गरेको थियो । 

आज साँझ साढे ६ बजे बुद्ध एअरको उडानमा डिआजी टिकुलगायत तीन जना बिराटनगर गएका हुन् । उनीहरु हिजो रानी नाकाबाट बिराटनगर हुँदै आएका थिए ।

टोली सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित बैठकमा सहभागी भएको हो ।

टिप्पणीहरू