विदेश लैजाने नाममा दिल्ली पुर्याइएकी महिला वेश्यावृत्ति गर्न बाध्य

विदेश लैजाने नाममा दिल्ली पुर्याइएकी महिला वेश्यावृत्ति गर्न बाध्य

महिलालाई कुवेत लैजाने भन्दै पुर्याएर वेश्यावृत्तिमा लगाएका एक जना पुरुष पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दाङको बबई गाउँपालिका ५ घर भएका ४५ वर्षीय पूर्णबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

उनले एक महिलालाई कुवेत जान लाग्ने रकम आफैं व्यहोर्ने भन्दै प्रलोभनमा पारेका थिए । गत वर्षको जेठ ११ गते उनले महिलालाई स्वास्थ्य परीक्षणको लागि भन्दै एम्बुलेन्समा राखेर काठमाडौँबाट बुटवल पुर्याएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । 

त्यसपछि भण्डारीले महिलालाई कुवेतको लागि भारतबाट प्रक्रिया थाल्न सजिलो हुने भन्दै दिल्ली पुर्याएका थिए । त्यहाँ पुगेपछि उनले महिलालाई एक फ्ल्याटमा बन्धक बनाएर वेश्यावृत्तिमा लगाएको ब्युरोले जनाएको छ । 

यो कार्यमा अन्य व्यक्तिहरुको पनि संग्लनता रहेको हुनसक्ने भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतबाट भण्डारीलाई पाँच दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू