ड्रेसिङ गर्न बोलाएर बलात्कार मुद्दामा फसाइदिने धम्की

ड्रेसिङ गर्न बोलाएर बलात्कार मुद्दामा फसाइदिने धम्की

हनिट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना समातिएका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ नयाँथिमी बस्ने २५ वर्षीया समुद्री मगर, २६ वर्षीया वर्षा दर्जी र काठमाडौंको स्वयम्भु बस्ने ३० बर्षे दिपेश दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुमाथि आपराधिक लाभ लिने उद्देश्यले योजनावद्ध रुपमा मेडिकल संचालक एक व्यक्तिलाई बलात्कार मुद्दामा फसाईदिने भन्दै लाखौं रकम असुलेको आरोप छ । 

योजनाअनुसार गत मंसिर ६ गते वर्षाले आफ्नो घाउ ड्रेसिङ गर्नुपर्ने भन्दै पीडितलाई आफ्नो घर बोलाएकी थिइन् । त्यसपछि त्यहाँ पुगेको पीडितलाई उनले शारीरिक सम्पर्क गरेको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाइदिने धम्की दिईन् । 

प्रहरीका अनुसार बलात्कार मुद्दामा फसाइदिऊ कि सहमतिमा आउनु हुन्छ भन्दै शुरुमा १८ लाख रुपैयाँ मागिएकोमा पछि आठ लाखमा कुरा मिलेको थियो । पक्राउ परेका तीनै जनालाई आपराधिक लाभ सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

टिप्पणीहरू