मुख्यमन्त्रीकी श्रीमतीको आरोप : सरकारले श्रीमानलाई मार्न खोज्यो

मुख्यमन्त्रीकी श्रीमतीको आरोप : सरकारले श्रीमानलाई मार्न खोज्यो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी इतर संगठित ‘भारत गठबन्धन’ ले लोकसभा निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदानअघि राँचीमा विशाल र्याली निकालेको छ । र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताहरूले वर्तमान सरकारको चर्को आलोचना गरेका छन् ।

हाल तिहाड जेलमा रहेका राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले पनि सभालाई सम्बोधन गरेकी छन् । भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारमाथि गम्भीर आरोप लगाउँदै उनले भनिन्, ‘मोदी र भाजपाले मेरा श्रीमान् केजरीवालको जेलभित्रै हत्या गर्ने षड्यन्त्र रचेको छ ।’ 

सुनिताका अनुसार केन्द्र सरकारले अरविन्दलाई मार्न चाहेको छ । उनले प्रधानमन्त्री र सरकारलाई प्रश्न गरिन्, ‘मेरो श्रीमानले के गल्ती गर्नुभयो ?’ जेलमा केजरीवाललाई औषधि नदिएको र आरोपसमेत स्पष्ट नभएको श्रीमती र विपक्षीहरुको भनाइ छ ।

टिप्पणीहरू