प्रचण्ड सामुन्ने माधवको भाषण- धाकधम्की सहदैनौं

प्रचण्ड सामुन्ने माधवको भाषण- धाकधम्की सहदैनौं
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सत्ता समीकरण लामो समय जानेमा शंका व्यक्त गर्नुभएको छ । 

नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभालाई आज सम्बोधन गर्दै उहाँले समीकरण कति दिन टिक्छ भन्न सक्ने अवस्थामा आफू नरहेको बताउनुभएको हो । त्यसक्रममा अध्यक्ष नेपालले गठबन्धन फेरिरहने प्रवृतिका कारण मुलुकको राजनीति जटिल बनेको भन्दै प्रधानमन्त्री प्रचण्डप्रति असन्तुष्टिसमेत व्यक्त गर्नुभयो । 

‘नेपालको राजनीति जटिल छ । छोटो समयभित्र गठबन्धन ओल्टे कोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ', प्रधानमन्त्री प्रचण्डसमेत उपस्थित कार्यक्रममा उहाँले भन्नुभयो, 'त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभुत गरिरहेका छैनौँ ।'

अध्यक्ष नेपालले आफूहरु कसैका धाकधम्की र गालीगलौज सुन्नका लागि राजनीतिमा नआएको उल्लेख गर्दै दास बन्ने नियत पनि नरहेको बताउनुभयो ।

टिप्पणीहरू