उपनिर्वाचनअघि आयोगको व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय

उपनिर्वाचनअघि आयोगको व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय

निर्वाचन आयोगले उपनिर्वाचनमा मतदाताहरुको सहज आवागमनका लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिने भएको छ ।

आयोगको आज बसेको बैठकले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिस समेतका आधारमा उपनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न विभिन्न निर्णय गरेको छ ।

उपनिर्वाचन हुने जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातको व्यवस्था मिलाउन तथा मतदाताको सहज आवागमनको लागि यातायात सञ्चालनको प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

त्यस्तै, निर्वाचनमा निषेध गरिएका कार्यहरु हुन नदिन र कहिँ कतैबाट भएमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई थप आदेश दिनु नपर्नेगरी प्रचलित कानूनबमोजिम तत्काल कारबाही गर्न निर्देशन दिइने भएको छ ।

टिप्पणीहरू