कार्यविनायकमा पूजापाठ गरेर 'एक्टर' को शुभमुहूर्त

कार्यविनायकमा पूजापाठ गरेर 'एक्टर' को शुभमुहूर्त

चलचित्र 'एक्टर'को शुभमुहूर्त गरिएको छ । चलचित्र निर्माण पक्षले आज ललितपुरको कार्यबिनायक मन्दिरमा वैद्दिक विधिअनुसार पूजा गरेर शुभमुहूर्त गरेको हो । 

पूजापाठमा चलचित्रका मुख्य अभिनेता प्रदिप खड्का, दिव्या रायमाझी, आना शर्मालगायत उपस्थित थिए । दिव्या एक जमानाका चर्चित अभिनेता दिलिप रायमाझीकी छोरी हुन् । उनले यहि चलचित्रबाट डेब्यु गर्दैछिन् । 

यस्तै, पुराना अभिनेता राजवल्लभ कोइरालले पनि 'एक्टर' बाट कमब्याक गर्दैछन् । राजन भुसालले निर्देशन गर्न लागेको यस चलचित्रको निर्माता थमन कुमार भण्डारी हुन् ।

टिप्पणीहरू