राजमार्गमा गुडिरहेको ट्रकमा आगो दनदनी

सुन्नुहोस्

पृथ्वी राजमार्गमा गुडिरहेको ट्रकमा अचानक आगो लागेको छ । धादिङको आदमघाट नजिकै ट्रकमा आगो लागेको बताइएको छ। 

सुनौलीबाट काठमाडौंतर्फ औषधिजन्य साम्रगी बोकेर आइरहेको ना. ४ ख ८६१७ नम्बरको मालवाहक ट्रकमा एकाएक आगो लागेको हो ।

गुडिरहेको ट्रकमा लागेको आगोको कारण खुलेको छैन ।

टिप्पणीहरू