स्वास्थ्य क्षेत्रको चुनौतीमा कोभिड १९ महामारी गतिलो उदाहरण : प्रधानमन्त्री

स्वास्थ्य क्षेत्रको चुनौतीमा कोभिड १९ महामारी गतिलो उदाहरण : प्रधानमन्त्री
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेतना अपनाउन आग्रह गर्नुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापरेका समस्या समाधान गर्नमा विशेष ध्यान पुुर्याइने उल्लेख गर्नुभयो ।

‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।’

स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको उदाहरण दिनुभएको छ ।

प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपना हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा जोड दिनुभएको छ ।
 

टिप्पणीहरू