महोत्तरीमा भीषण आगलागी : दुई सय घर खरानी

महोत्तरीमा भीषण आगलागी : दुई सय घर खरानी
सुन्नुहोस्

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६, जलहवा गछीमा भीषण आगलागी भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । 

नगर प्रमुख हरिप्रसाद मण्डलका अनुसार आगलागीबाट करिब दुई सय घर जलिसकेका छन् । उनले भने, ‘गाउँका करिब दुई सय घर जलिसकेका छन् । अझै धेरै घरमा आगो सल्केको छ । निभाउने प्रयास गरिरहेका छौं । तर, नियन्त्रणमा लिन सकिएको छैन ।’

आगलागीका कारण भागदौड मच्चिएको छ । नजिकका सबै पालिकाका वारुणयन्त्र घटनास्थल पुगेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा पनि आगो नियन्त्रणमा खटिएको मेयर मण्डलले जानकारी दिए ।

टिप्पणीहरू