चित्लाङ्ग जाँदै गरेको सुमो चन्द्रागिरीमा दुर्घटना

चित्लाङ्ग जाँदै गरेको सुमो चन्द्रागिरीमा दुर्घटना

काठमाडौंको चन्द्रागिरीमा सवारी दुर्घटना भएको छ । थानकोटबाट चित्लाङ्गतर्फ जाँदै गरेको ना.१ ज ६२६१ नम्बरको सुमो आज बिहान चन्द्रागिरी नगरपालिका-४ कालोहोलमा दुर्घटनामा परेको हो । 

बिहान साढे ९ बजे गाडी दुर्घटना भएको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको र सुमो चालक गाडी छोडेर भागेको प्रहरीको भनाइ छ । 

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू