पाल्पामा संघीय संसददेखि सातवटै प्रदेशसभाका सभामुख

पाल्पामा संघीय संसददेखि सातवटै प्रदेशसभाका सभामुख
सुन्नुहोस्

पाल्पाको तानसेनमा आजदेखि अन्तरव्यवस्थापिका अन्तरसंवाद भेला शुरु हुँदै छ । भोलिसम्म हुने उक्त भेलामा संघीय संसदका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिवलगायतको उपस्थिति रहने बताइएको छ ।

लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको भेलामा सातै प्रदेशको समूहगत छलफल हुने बताइएको छ । संघीयता कार्यान्वयनलगायत विषयमा अनुभव आदानप्रदानसँगै भेलामा अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने तयारी गरिएको छ ।

भेलामा विभिन्न कार्यपत्र प्रस्तुत गरिँदै छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र र अन्तर व्यवस्थापिक मञ्चबारे कार्यपत्र प्रस्तुत गर्दैछन् । उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्काले प्रस्तुत गर्ने बताइएको छ ।

पाल्पा घोषणापत्र जारी गरेपछि भोलि भेला सम्पन्न हुने छ ।

टिप्पणीहरू