माधव नेपालद्वारा फेरि गठबन्धन छोड्ने चेतावनी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले अपमान सहेर गठबन्धनमा नबस्ने पूरानै कुरा दोहोर्याउनु भएको छ । अहिलेको राजनीति र मौसम उस्तै उस्तै रहेको टिप्पणी गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनको निरन्तरतामाथि प्रश्न पनि उठाउनुभयो ।
यद्यपि अहिले मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको उल्लेख गर्दै उहाँले त्यसले मात्र परिवर्तन र विकास सम्भव हुने बताउनुभयो । त्यसका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवद्र्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।
उहाँले सरकारलाई दम्भ नदेखाउन पनि चेतावनी दिनुभएको छ ।
टिप्पणीहरू