कार्यकर्ता मारिएको विरोधमा राप्रपाको राँके जुलुस

कार्यकर्ता मारिएको विरोधमा राप्रपाको राँके जुलुस
सुन्नुहोस्

राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत आन्दोलनमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपाले काठमाडौँमा मसाल जुलुस निकालेको छ । 

काठमाडौँमा भएको पछिल्लो विरोध प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा  घाइतेपछि निधन भएका कार्यकर्ताको १३ औँ दिनको पुण्यतिथिको अवसर पारेर पार्टीको काठमाडौँ जिल्ला समितिले आज साँझ मसाल जुलुस निकालेको छ ।

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडाको नेतृत्वमा धुम्बाराहीस्थित पार्टी मुख्यालय अगाडिबाट निस्किएको मसाल जुलुसमा केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङ, महामन्त्री धवलशमशेर राणा, राजेन्द्र गुरुङ, प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष कमल बमलगायत सहभागी छन् ।

चैत २७ गतेको प्रदर्शनमा प्रहरीको अश्रुग्यास लागेर घाइते भएका राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुरप्रसाद डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा वैशाख ३ गते निधन भएको थियो ।

टिप्पणीहरू