विदेश गइरहने एकनाथ ढकाल कोरियाबाट फर्के

विदेश गइरहने एकनाथ ढकाल कोरियाबाट फर्के

नेपाल परिवार दलका अध्यक्ष तथा नेकपा एमालेका सांसद एकनाथ ढकाल कोरियाबाट फर्केका छन् । उनी हिजो सिओलबाट काठमाडौं आएका हुन् । ढकाल कोरियन एअरलाइन्सको उडान नम्बर केइ ६९५ मा हिजो साँझ ६ बजे आइपुगेका हुन्  ।

प्रायः विदेश गइरहने ढकाल पछिल्लो पटक वैशाख ७ गते त्यता गएका थिए । उनी कोरियन एअरलाइन्सकै उडानमा काठमाडौंबाट सिओल गएका हुन् ।

ढकाल नियमित रुपमा फिलिपिन्स, थाइल्याण्ड, कोरिया जाउआउ गरिरहन्छन् ।

टिप्पणीहरू