पोखरा विमानस्थल आज पनि बन्द, सिमरा र भरतपुरमा अवरोध

पोखरा विमानस्थल आज पनि बन्द, सिमरा र भरतपुरमा अवरोध

बाक्लो तुवाँलोका कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज पनि बन्द भएको छ । बिहान केही उडान र अवतरण भएपनि ११ बजेपछि विमानस्थल बन्द गरिएको छ ।

हिजो पोखराको निम्ति तालिकामा रहेका २९ उडान सबै रद्द भएका थिए । विमानस्थल बन्दका कारण बुद्ध एअरको १५, यती एअरलाइन्सको ११ र श्री एअरको तीन उडान रद्द भएका थिए । 

उता, सिमरा र भरतपुर विमानस्थलमा पनि डढेलोको धुँवाका कारण उडान प्रभावित भएको बताइएको छ ।

टिप्पणीहरू