लगानी सम्मेलन उद्घाटनपछि अध्यादेश जारी

लगानी सम्मेलन उद्घाटनपछि अध्यादेश जारी
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले लगानीमैत्री अध्यादेश जारी गर्नुभएको छ । तेस्रो लगानी सम्मेलन उद्घाटनलगत्तै उहाँले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गर्नुभएको छ । 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न बाधक र झण्झटिलो प्रक्रियालाई सहज बनाउन केही ऐनमा संशोधन गर्ने निर्णय गरेको थियो । 

सोहीबमोजिम भूमि ऐन, विद्युतीय कारोबार ऐनलगायत नौ वटा ऐनलाई अध्यादेशमार्फत् संशोधनका लागि शीतल निवास पठाइएको थियो ।

टिप्पणीहरू