बजेट अधिवेशन २५ गते बोलाउने तयारी
सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले वैशाख २५ वा २६ गते अधिवेशन बोलाउने तयारी गरेको जानकारी दिनुभएको हो । उहाँले समितिमा छलफलका क्रममा रहेका विधेयकहरुलाई छिट्टै टुंग्याएर उक्त अधिवेशनमा लैजाने तयारी भइरहेको पनि बताउनुभयो ।
त्यस्तै, संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐन संशोधन गर्नु आवश्यक रहेको भन्दै मन्त्री गिरीले धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गर्नुभयो । सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सम्भावना अस्वीकार नगर्नुभएका उहाँले छिटो पारित गर्नेगरी संसदमा विधेयक नै आउनसक्ने बताउनुभयो ।
टिप्पणीहरू