विश्वासको मत नदिने एमालेको अडानले सोडारी संकटमा
प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने अडान लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अप्ठेरोमा परेका छन् ।
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने तयारी गरेका थिए । त्यस निम्ति साँझ ५ बजे प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर, सत्ता साझेदार दल एमालेले विश्वासको मत नदिने अडान राखेपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।
विश्वासको मतको विषयमा छलफल गर्न बिहान कार्यव्यवस्था तथा परामर्श समितिको बैठक पनि बोलाइएको थियो । तर, दलहरु बीच कुरा नमिलेपछि बैठक बस्न सकेको छैन ।
मुख्यमन्त्री सोडारीले सभामुखहित सत्ता साझेदार दलका प्रमुख नेताहरुसँग छुट्टै छलफलसमेत गरेका थिए । तर, एमाले आफ्नो अडानमा कायमै रहेपछि सहमति जुट्न सकेन ।
टिप्पणीहरू