जसपा विभाजित, राईको नेतृत्वमा छुट्टै दल दर्ताको निवेदन

जसपा विभाजित, राईको नेतृत्वमा छुट्टै दल दर्ताको निवेदन

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । वर्तमान सत्ता समीकरणप्रति असन्तुष्ट रहेकाहरुले पूर्वमन्त्री तथा बरिष्ठ नेता अशोक राईको नेतृत्वमा छुट्टै दल दर्ता गराउन लागेका हुन् । 

सो पार्टीका सात सांसदले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन बुझाइसकेका छन् । नेता मोहमद इश्तियाक राईले सात सांसद र केन्द्रीय कार्यकारिणी समितिका ५० प्रतिशत सदस्यको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको बताए ।  

अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले र माओवादीसँग सहकार्य गरेपछि जसपामा विवाद शुरु भएको थियो । खासगरी मन्त्रीका आकांक्षीहरु अहिलेको समीकरणलाई लिएर असन्तुष्ट रहँदै आएका थिए । 

यसैबीच उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष यादव विदेशमा रहेका बेला असन्तुष्ट नेताहरुले अलगै दल दर्ता गराएका हुन् । 

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । जसमध्ये अशोकसहित प्रदीप यादव, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत र रञ्जु ठाकुर विभाजनको पक्षमा उभिएका छन् ।

टिप्पणीहरू